राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति पौडेल आज जनकपुरधाम जाँदै


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज जनकपुरधामस्थित जानकी मन्दिर जाँदैछन् ।

यसअघि स्थगित भएको कार्यक्रमलाई निरन्तरता दिंदै राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शनका लागि जनकपुर जान लागेका हुन् ।

यस्तै, आज राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ ।

२०५७ सालमै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि उदघाटन हुने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस