२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्ना माग पूरा नगरे सामूहिक आत्मदाह गर्ने पूर्वमाओवादी लडाकुहरूको चेतावनी

अ+ अ-

काठमाडौँ । १० वर्षे जनयुद्धका घाइते पूर्वमाओवादी लडाकुहरूले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आइतबार सिंहदरवारस्थित मन्त्रालयमा भेटेर उनीहरूले आफ्ना समस्या सरकारले सम्बोधन नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

जनयुद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग अछाम स्थायी घर भएका पूर्वलडाकु एवं घाइते धीरेन्द्र भण्डारीले उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठसमक्ष राखे ।

उनले घाइते तथा अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्नुपर्ने, जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको निधन भएपछि सहिद घोषणा गर्नुपर्ने र जनयुद्धका नक्कली तथा सक्कली घाइते र अपाङ्गता भएका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही गर्नुपर्ने मागसमेत पेश गरेका छन् ।

पूर्वलडाकु तथा घाइतेहरूको कुरा सुनिसकेपछि उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठले लामो समयदेखि विभिन्न दलसँगको समीकरणको सरकार बनाएका कारण पूर्वलडाकु तथा घाइतेका समस्या समाधान गर्न नसकिएको स्वीकार गरे ।

आफ्नो पार्टी नेतृत्वको सरकारमा भएका बेला पूर्वलडाकु तथा घाइते र अपाङ्गता भएका व्यक्तिको पक्षमा निर्णय गर्दा अदालतले रोक लगाएका कारण सम्बोधनमा समस्या भइरहेको उनले बताए ।

गृहमन्त्री श्रेष्ठले अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेको र फर्किने बित्तिकै गम्भीर रूपमा छलफल गरेर समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।