कला र संस्कृतिमा विकृति घुस्यो : मदनकृष्ण श्रेष्ठ  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कला र संस्कृतिमा विकृति घुस्यो : मदनकृष्ण श्रेष्ठ 


६ आश्विन २०८०, शनिबार


काठमाडौँ । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले नेपालको कला र संस्कृति, परम्परा र रीतिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए।

उनले कला र संस्कृतिको जगेर्ना गरे मात्रै हाम्रो पहिचान कालान्तरसम्म रहिरहने उल्लेख गरे। उनले श्रष्टाहरूले आफ्ना सिर्जनाहरू कालजयी हुने गरेर प्रस्तुत गर्नुपर्ने बताए।

उनले भने, ‘पहिलेको परम्परा, गीत, संगीत धेरै राम्रा थिए । तर अहिले त्यसमा विकृति र विसङ्गति बढिरहेको छ।

यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्परा र रीतिरिवाजमा लाग्नुपर्छ। हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सकेमात्रै हाम्रो पहिचान रहन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस