क्यानको अधिवेशनमा मतदान सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्यानको अधिवेशनमा मतदान सुरु


६ आश्विन २०८०, शनिबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् ।

तर सचिव पदमा पूर्व कप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।

क्यानको महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस