प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आजबाट सुरु, राष्ट्रपति सीसँग आज भेटवार्ता हुँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आजबाट सुरु, राष्ट्रपति सीसँग आज भेटवार्ता हुँदै


६ आश्विन २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आजबाट सुरु भएको छ ।

अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

त्यसपछि प्रधानमन्त्री बेइजिङ जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र असोज ८ गते चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस