काठमाडौँ। सुन तस्करीको विषयमा छानबिन गर्न उच्च स्तरीय आयोग गठनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र एमाले नेताहरू फेरि छलफलमा जुटेका छन् ।
यसअघि आजैको बैठकमा एमालेको प्रस्ताव गृहमन्त्रीले अस्वीकार गरेका थिए ।
एमालेले सरकारले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्न प्रस्ताव गरेको थियो ।
राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठकले गत भदौ ६ गते सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग असोज ५ गते बनाउने निर्णय गरेको थियो ।
उक्त सहमतिमा आयोगलाई विदेशबाट सिग्रेट (भेप्स) र ब्रेक शुमा राखी अवैध पैठारी ९तस्करी० गरिएको सुनलगायत पटक-पटक तस्करी भइ सुन आइरहेकोमा यसलाई नियन्त्रण गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्ने भनिएको छ ।
तर सो विषयमा सहमति नजुटेपछि नेताहरू आन्तरिक छलफलमा जुटेका थिए ।