सुन तस्करीको जाँचबुझ गर्ने आयोगको कार्यादेशमा एमालेको असहमति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुन तस्करीको जाँचबुझ गर्ने आयोगको कार्यादेशमा एमालेको असहमति


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । सरकारले सुन तस्करीबारे छानबिन गर्न गठन गरिने उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे प्रमुख दलहरुबीच विवाद देखिएको छ ।

६ भदौमा राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच ५ असोजबाट काम सुरु गर्ने गरी आयोग गठन गर्ने सहमति भएको थियो । तर अहिलेसम्म आयोग बनेको छैन । आयोग गठन गरिसक्नुपर्ने दिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख दलहरूसँग छलफल गरेका छन् ।

गृह मन्त्रालयमा भएको छलफलमा उनले जाँचबुझ आयोगको कार्यादेश प्रस्ताव गरेको नेताहरुले बताएका छन् । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने भने, ‘भदौ ६ गतेका दिनमा जे सहमति भएको थियो, त्यही टीओआरमा राखौँ भनेर प्रस्ताव राखेका छौँ ।’

एमाले नेताहरुले भने त्यसमा सहमति जनाएका छैनन् । एमाले सचेतक महेश बर्तौलाका अनुसार एमालेले छुट्टै प्रस्ताव राखेको छ ।

यद्यपि छलफल जारी रहेकाले आजै सहमति जुट् नसक्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस