सिंहदरवारभित्रै घुसेका वैद्य माओवादीका ११ जना कार्यकर्ता पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सिंहदरवारभित्रै घुसेका वैद्य माओवादीका ११ जना कार्यकर्ता पक्राउ


५ आश्विन २०८०, शुक्रबार


पक्राउ

काठमाडौँ । काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी सङ्गठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै सिंहदरवार गेटभित्र प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरूले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरू सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरूले प्रहरीलाई घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेका हुन् । प्रहरीले पक्राउ गरी उनीहरूले नाराबाजी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस