विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउन बाध्य हुनु दुर्भाग्य : शेखर कोइराला « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउन बाध्य हुनु दुर्भाग्य : शेखर कोइराला


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरू विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनु दुर्भाग्य भएको बताएका छन् । उनले शिक्षकहरूले उठाएका मागहरू संवेदनशील रहेको भन्दै त्यसबारे सरकारलाई जिम्मेवार बन्न र तुरुन्त समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् । 

शिक्षकहरूको जारी आन्दोलनका सन्दर्भमा शुक्रबार आफ्नो धारणा राख्दै कोइरालाले दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्ने बताएका छन् ।

‘शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानुनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरू तुरुन्त सम्बोधन गरौँ, ‘कोइरालाले अघि लेखेका छन्, ‘कानुनी रूपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन आजै सहमतिमा टुङ्ग्याऔँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस