२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४.२ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरे निलम्बन गर्ने चेतावनी 

अ+ अ-

काठमाडौँ । नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । 

केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको समाचार सार्वजनिक भएपछि निमगले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिमको कारबाही गरिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। विनियमावलीको विनियम २९ मा निर्धारित तौल (१४ दशमलव २) अनुसार ग्यास बिक्री नगरेमा तथा निगमको निर्देशन पालना नगरेमा उद्योगसँगको कारोबार तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने व्यवस्था छ।

केही ग्यास उद्योगले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेका थिए । मौजुदा विनियमावलीअनुसार १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भर्न अनुमति दिन नसकिने भनी निगमले ती उद्योगलाई जानकारी गराएको थियो । निगमले १४ दशमलव २ किलोभन्दा अतिरिक्त क्षमताका सिलिण्डरको प्रयोग गर्नु गैरकानुनी भएको जनाएको छ । त्यस्ता सिलिण्डरको प्रयोग नगर्न निमगले उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।