डोटीमा विद्युत् सर्ट हुँदा एक होटलमा आगलागी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

डोटीमा विद्युत् सर्ट हुँदा एक होटलमा आगलागी


४ आश्विन २०८०, बिहिबार


डोटी । डोटीमा बिद्युत् सर्ट हुँदा एक होटलमा गएराति आगलागी भएको छ।

डोटीको दिपायल सिलगढी नगरपालिका-७ कुन्जेडीका कृष्णबहादुर कुन्जेडाको होटेलमा विद्युत् सर्ट भई बुधबार राति आगलागि भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक राजेन्द्र चन्दले बताए। 

आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउन्टर र पसल पछाडि राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्दाजी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस