४ मन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षकसँग वार्ता जारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

४ मन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षकसँग वार्ता जारी


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । बेलुकी पौने ७ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासङ्घका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु भएको हो । 

वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मासहित ती मन्त्रालयका सचिवहरू छन् । यस्तै महासङ्घको तर्फबाट महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधि छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ । बिहीबार बिहान पनि आन्दोलित पक्ष र गृहमन्त्री श्रेष्ठबीच छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस