आन्दोलनरत शिक्षकलाई कविता मार्फत बालेनले दिए जवाफ   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आन्दोलनरत शिक्षकलाई कविता मार्फत बालेनले दिए जवाफ  


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको आन्दोलनले माइतीघर–बानेश्वर सडक किनारमा रहेका बिरुवा नष्ट भएकामा व्यङ्ग्य गरेका छन् ।

प्रदर्शनमा आएका शिक्षकहरूले सडक छेउका रूख-बिरुवा हाँगा भाँचेका छन् भने उनीहरूले जथाभाबी उभिँदा र बस्दा दूबोसमेत बिग्रिएको छ । उक्त दृश्यको तस्बिर फेसबुकमा राखेर मेयर बालेनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता लेखेका छन्

‘नटिप्नु हेर कोपिला,

नचुँड्नु पाप लाग्दछ,

नच्यात्नु फुल नानी हो

दया र धर्म भाग्दछ ।।’

काठमाडौँमा हरियालीयुक्त देखिने नमुना सडककै बिरुवाहरू आन्दोलनले नष्ट भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस