३६ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

३६ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पुनरावेदन


४ आश्विन २०८०, बिहिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विभिन्न मितिमा फैसला भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

नक्कली बिल भरपाई बनाई सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार आज पुनरावेदन दिइएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

सो मुद्दामा दिपा रेग्मीसहित ३६ जना प्रतिवादी रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस