नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशी घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशी घाइते


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर घाइते भएका छन् । १९ औँ एसियाली खेलकुदको तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित राजवंशी घाइते भएका हुन् ।

घाइते भएका ललितको आज बिहीवार शल्यक्रिया गर्न लागिएको नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएको छ । ललित घाइते भएपछि एसियाली खेलकुदमा उनको सहभागिता अनिश्चित भएको छ ।

१९ औँ एसियाली खेलकुद प्रतियोगिता अर्का हप्तादेखि चीनमा शुरु हुँदैछ । एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ ।

पाँच वटा टेस्ट टोली श्रीलङ्का, भारत, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानले सिधै क्वाटरफाइनल खेल्नेछन् । समूह ‘ए’, ‘बी’ र ‘सी’ बाट विजेता टोली क्वाटरफाइनलमा पुग्नेछन् । समूह ‘ए’ मा रहेको नेपालले २७ सेप्टेम्बरमा मङ्गोलिया र १ अक्टोबरमा मालदिभ्ससँग खेल्नेछ ।

पछिल्लो समय ललितले राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा २० खेल खेल्दा २८ विकेट लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस