बढ्यो नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बढ्यो नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नागरिकता प्रमाणपत्रका लागि निवेदन दिँदा टाँस्नुपर्ने टिकटको पैसा बढेको छ।

मन्त्रिपरिषद्ले संशोधनसहित पारित गरेको नागरिकतासम्बन्धी नियमावलीअनुसार अब नागरिकता प्रमाणपत्र पाउनका लागि निवेदन दिने नेपालीले १० रुपैयाँको टिकट टाँस्नुपर्नेछ। यसअघि ५ रुपैयाँको टिकट टाँसेर नागरिकता प्राप्तिका लागि निवेदन दिँदै आइएको थियो।

‘अनुसूचीहरूमा रु ५ को टिकट टाँसी भन्ने शब्दहरूको सट्टा रू. १० को भन्ने शब्दहरू राखी रूपान्तरण गरिएको छ,’ नियमावलीमा उल्लेख छ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी नियमावली २०८० पारित गरेको हो।

गत जेठमा सरकारले नागरिकतासम्बन्धी ऐन संशोधन गरेको थियो। नियमावलीलाई ऐन सापेक्ष बनाउन भन्दै नियमावली संशोधन गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस