२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धादिङको नौबिसे-मलेखु सडकखण्ड ४ घण्टा बन्द हुने

अ+ अ-

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

सिम्लेदेखि मलेखु सडक खण्ड चौडा बनाउन पहरो कटान गर्नुपर्ने भएका कारण राति चार घण्टा यो खण्डमा गाडी आउजाउ बन्द गर्न लागिएको हो ।

आजदेखि २० गतेसम्म खयरघारी र पोखरेखोला नजिक गाडी आउजाउ रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए । यो समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीबाहेक अन्य गाडी चलाउन पाइने छैन ।

नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डले सूचना निकालेर यो खण्डमा दिउँसोको समयमा मात्र यात्रा गर्न अनुरोध गरेको छ । काठमाडौँबाट बाहिरने गाडीलाई धादिङको थाक्रे गाउँपालिका-१ को एक्लेफाँटमा र काठमाडौँ भित्रिने गाडीलाई गजुरी गाउँपालिका-५ घाटबेसी पुलमा रोकिने सूचनामा उल्लेख छ ।