सरकार र आन्दोलनरत शिक्षक वार्तामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकार र आन्दोलनरत शिक्षक वार्तामा


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यकक्षमा शिक्षामन्त्री अशोककुमार राई शिक्षक महासंघका पदाधिकारीहरुसहित वार्तामा बसेका हुन् ।

संसद्‌मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौँमा सडक आन्दोलन सुरु गरेका छन् ।आज पनि आन्दोलन जारी राख्ने बताएका उनीहरु आन्दोलनकै बीचमा वार्ताका माध्यमबाट आफूहरुको समस्या समाधानमा जुटेका हुन् ।

 यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस