नेपाल इरानसँग पराजित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल इरानसँग पराजित


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो । यससँगै नेपाल लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । हिजो भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो

आज भएको खेलमा नेपाल इरानसँग ९–२५, १४–२५, र १३–२५ ले पराजित भयो । एसियाली खेलकुदको औपचारिक उद्घाटन भने यही असोज ६ गते हुनेछ । उद्घाटनअघि भलिबल, फुटबल र क्रिकेट खेल हिजोदेखि नै सुरु भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस