शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, तर विद्यालय अवरोध गर्नेमाथि कारबाही हुन्छ : बालेन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

शिक्षा विधेयकमा हाम्रो पनि असहमति छ, तर विद्यालय अवरोध गर्नेमाथि कारबाही हुन्छ : बालेन


३ आश्विन २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेनले प्रस्तावित शिक्षा विधेयकमा आफू पनि असहमत रहेको बताएका छन् । स्थानीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु संविधानको बर्खिलाप रहेको उनको जिकिर छ ।

शाहले आधारभूत र माध्यमिक शिक्षामा स्थानीय सरकारको एकल अधिकार रहेको उल्लेख गरेका छन् । ‘विद्यालय शिक्षा बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किनकि काठमाडौँको शिक्षाको नीति र जुम्लाको नीति र आवश्यकता फरक हुन्छन् ।’

तर, शिक्षकले विद्यालय बन्द गरेर पठन पाठनमा अवरोध नपुर्‍याउन उनको आग्रह छ । यस्ता अवरोध पुर्‍याउनेलाई कानून र संविधानअनुसार कारबाही गर्ने चेतावनी शाहले दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस