पार्टी नेतृत्वबाट दबाब आयो, खुलेर साथ पाइनँ : कानून मन्त्री « प्रशासन
Logo १३ आश्विन २०८०, शनिबार
   

पार्टी नेतृत्वबाट दबाब आयो, खुलेर साथ पाइनँ : कानून मन्त्री


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । कानूनमन्त्री धनराज गुरुङले डा. शेखर कोइराला समूहको बैठकमा सरकारले राम्रो काम गर्दा पार्टीबाट खुलेर सहयोग नपाएको गुनासो गरेका छन् । नेता डा. कोइरालाले राखेको इतर पक्षको बैठकमा मन्त्री गुरुङले पार्टी नेतृत्वले खुलेर साथ नदिएको बताएका हुन् ।

मन्त्री गुरुङको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सरकारको उच्च मनोबलले काम गर्ने कुरामा पार्टीको पनि साथ र सहयोग आवश्यक छ । पार्टी खुलेरै साथ दिने हिसाबले निस्कनुपर्‍यो । बाहिर टीकाटिप्पणी भएको जस्तो होइन । हामी पनि सरकारलाई सफल बनाउन लाग्नुपर्छ ।’

न्यायाधीश नियुक्तिदेखि भ्रष्टाचार छानबिनको विषयमा कुनै गलत काम नगरेको बताएका छन् ।

मन्त्री गुरुङले पार्टी सभापतिबाट आफ्नो काममा हस्तक्षेप प्रयास भएको पनि बैठकलाई जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस