काँग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउने गरी लाग्नुपर्छ : शेखर पक्ष « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउने गरी लाग्नुपर्छ : शेखर पक्ष


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले राखेको इतर पक्षको बैठकमा आगामी केन्द्रीय समितिको बैठकको रणनीतिबारे छलफल भएको छ ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा असोज ४ गते बसेको केन्द्रीय समिति बैठकको एजेण्डाबारे छलफल भएको नेता दिलेन्द्र बडूले बताए ।

उनले भने, ‘कार्यतालिकामा छलफलपछि र बैठकको निर्णयलाई कार्यान्वयन गराउनुपर्छ। पार्टीलाई थप क्रियाशील पार्ने र आगामी कार्यदिशाबारे छलफल भएको छ ।’

बैठकमा महासमितिको बैठकबारे पनि छलफल भएको बताए । उनले भने, ‘पार्टी अझै सशक्त हुनुपर्छ पार्टीलाई एक्लै चुनाव लडेर पनि बहुमतको सरकार बनाउन सक्ने तयारी अवस्थामा पुर्‍याउनुपर्छ ।’

उनले बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई मात्रै नभएर सबैलाई बोलाएको बताए ।

संसदीय दलको नेता परिवर्तनबारे छलफल नभएको बताए। उनले सरकार कामको बारेमा समीक्षा गरेको बताए । बैठकमा पार्टीको साझा एजेण्डाको विषयमै केन्द्रित भएर छलफल गरेको उनको भनाइ छ।

उनले भने, ‘केन्द्रीय समितिको बैठकबारे छलफल गर्नको लागि बैठक राखिएको हो । सूचना भएका साथीहरू हुनुहुन्छ कति हुनुहुन्न । जो सूचना भएको आउनुभएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस