एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो : माधव नेपाल


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउने टिप्पणी गरेका छन् ।

पार्टी निकट नेवाः सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै एमसीसीको विरोधमा उभ्याएर सरकारबाट फाल्ने षडयन्त्र १२ बुँदे व्याख्यात्मक घोषणामार्फत असफल पारेको दाबी गरेका हुन् ।

उनले भने, ‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ। केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्थ्यो भन्ने छ। अरू केही होइन। त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले साथ वाहवाह भनेर साथ दिने थे भन्नु हवाई कल्पनाबाहेक केही पनि होइन।’

Tags :
प्रतिक्रिया दिनुहोस