नेकपा एसका केन्द्रीय सदस्य गुरुङद्वारा पार्टी परित्यागको घोषणा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेकपा एसका केन्द्रीय सदस्य गुरुङद्वारा पार्टी परित्यागको घोषणा


२८ भाद्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो’ भनेर स्ट्याटस लेखेका हुन् ।

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी मंसिर ४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।

उनी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रतिस्पर्धामा गएका थिए । तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

पार्टी छाड्नुको कारणबारे सोध्न गुरुङसँग गरिएको सम्पर्क प्रयास सफल हुन सकेन । नेकपा एसका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले आजै केन्द्रको सर्कुलर आएको तर गुरुङले पार्टी छाडेको विषय जानकारी नभएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस