बौद्धनाथ क्षेत्र विकासद्वारा ४४ विद्याथीलाई छात्रवृत्ति प्रदान (सुचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बौद्धनाथ क्षेत्र विकासद्वारा ४४ विद्याथीलाई छात्रवृत्ति प्रदान (सुचीसहित)


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बौद्धनाथ क्षेत्र विकास समितिले ४४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।

बौद्धनाथ क्षेत्र विकास समितिले निवेदन परेको ६७ विद्यार्थीमध्ये ४४ जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिएको थियो।

बौद्धनाथ क्षेत्र भित्रका विद्यार्थीहरू आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले उच्च माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको समितिले जनाएको छ।

समितिको शिक्षासम्बन्धी छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०८० अनुसार यस समितिको मिति २०८०-४-११ गते सूचना पाटीमा विपन्न, गरिब, जेहेन्दार र असहाय विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी सूचना प्रकाशित भएको थियो। समितिको २०८०-५-२४ को बोर्ड बैठकको निर्णयबमोजिम छात्रवृत्तिका लागि विद्यार्थीहरू छनोट गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस