असोज ३ गते बीपी महोत्सवको अन्तिम दिनको कार्यक्रम हुने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

असोज ३ गते बीपी महोत्सवको अन्तिम दिनको कार्यक्रम हुने


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम ३ असोजमा हुने भएको छ ।

मंगलबार संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको थियो ।

उक्त कार्यक्रम ३ असोजका लागि सारिएको महोत्सव आयोजक समितिका एक सदस्यले जानकारी दिए । संविधान दिवसको दिन हुने उक्त कार्यक्रम पार्टी कार्यालयको प्राङ्गणमा नभई हलभित्र हुनेछ ।

काँग्रेसले संस्थापक नेता बीपी कोइरालाको सम्झनामा भदौ २४, २५ र २६ गते साहित्य महोत्सव आयोजना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस