काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने 


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकमा सडकमा कुकुर आतङ्क सिर्जना भएको भन्दै बारम्बार गुनासो गरेपछि कुकुर र बिरालोको बन्ध्याकरण बृहत् बनाउने तयारी गरेको हो ।

महानगरका कृषि तथा पशुपंक्षी विभागले कुकुर र बिरालोको भ्याक्सिनेसन र बन्ध्याकरणको लागि इच्छुक फर्महरूलाई १५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले काम गर्न इच्छुक संस्थाहरूलाई कुकुर तथा बिरालोको खोप भ्याक्सिनेसन र बन्ध्याकरणको लागि २ हजार ५ सय रुपैयाँ प्रस्ताव गर्न भनेको छ भने खोप भ्याक्सिनेसनको मात्रैको लागि २ सय रुपैयाँ प्रस्ताव गर्न भनेको छ ।

महानगरपालिकाले फर्म वा संस्थालाई खोप भ्याक्सिनेसन र बन्ध्याकरण गरेबापत उक्त रकम दिने महानगरको भनाई छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस