आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध भयो : अर्थमन्त्री  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध भयो : अर्थमन्त्री 


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताएका छन्।

दोस्रो चरणको आर्थिक सुधारका क्रममा थालिएका नीतिगत तथा संरचनागत परिवर्तनका प्रयासबाट रुष्ट भएकाले असहयोग गरिरहेको उनको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन्। 

“नीतिगत सुधार आवश्यक छ। बजेटमा कुन काम कसरी गर्ने भनेर योजना बनाइएको छ तर अहिलेको अवस्थामा बढी चुनौतीपूर्ण भनेको कार्यान्वयनको पाटोमा छ”, अर्थमन्त्री डा महतले भने, “अहिले पाइरहेका सुविधा आर्थिक सुधार र पुनः संरचनाका क्रममा गुम्ने भएपछि केही व्यक्तिले त्यसलाई राम्रो मानेका छैनन्। ‘रिफर्म’ भनेको खाइपाइ आएकोबाट च्युत हुनुपर्छ। सुविधाबाट वञ्चित हुने भएपछि अवरोध भएको छ।”

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट अर्थतन्त्र सुधारका लागि केही महत्त्वपूर्ण योजना ल्याएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस