टपेन्टाडोलका औषधिहरू अस्पतालको फार्मेसीबाट मात्रै बिक्री गर्न निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

टपेन्टाडोलका औषधिहरू अस्पतालको फार्मेसीबाट मात्रै बिक्री गर्न निर्देशन


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ। टपेन्टाडोलका औषधिहरू अस्पतालको फार्मेसीबाट मात्रै बिक्री गर्न पाइने भएको छ ।

औषधि व्यवस्था विभागले टपेन्टाडोलका एकल तथा समिश्रण औषधिहरू अस्पतालका फार्मेसीबाट मात्रै बिक्री वितरण गर्न निर्देशन दिएको हो ।

यस्ता औषधिहरू अस्पतालबाहेकका फार्मेसीमा मौज्दात भए तीन दिनभित्र फिर्ता गर्न र आइन्दा बिक्री नगर्न विभागले भनेको छ ।

विभागको अनुसार अस्पतालको फार्मेसीले पनि यी औषधिहरू चिकित्सकको सिफारिसबिना बिक्री गर्न पाउने छैनन् भने औषधि दिँदा प्रेस्किप्सनको रेकर्ड राख्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस