एभरेष्ट बैंकले २० प्रतिशत बढी लाभांश दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एभरेष्ट बैंकले २० प्रतिशत बढी लाभांश दिने


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । एभरेष्ट बैंकले सेयरधनीलाई २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

२७ भदौ बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस