सरकारी शिक्षकलाई १ वर्ष परीक्षणकालमा राखिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारी शिक्षकलाई १ वर्ष परीक्षणकालमा राखिने


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । सरकारले शिक्षकको परीक्षा उत्तीर्ण भइसकेका उम्मेदवारलाई एक वर्षसम्म परीक्षणकलामा राख्ने प्रस्ताव गरेको छ ।

बुधबार संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षक सेवाको पदमा नियुक्त गर्दा एक वर्ष परीक्षणकाल रहने प्रस्ताव गरिएको हो । परीक्षणकाल महिला शिक्षकको हकमा भने ६ महिनाको हुनेछ ।

विधेयकको दफा ५२ मा परीक्षणकालका क्रममा शिक्षकले गरेको काम सन्तोषजनक नभएमा नियुक्ति दिने अधिकारीले नियुक्ति बदर गर्न सक्ने व्यवस्था गरिएको छ ।

शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले परीक्षा सञ्चालन गर्नेछ र उत्तीर्ण उम्मेदवारलाई नियुक्ति सिफारिस गर्नेछ । शिक्षकको नियुक्ति गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले गर्ने व्यवस्था विधेयकमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस