तपाईँहरूकै नेतृत्वमा राजालाई ‘स्पेस’ दिऔँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ : लिङ्देन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

तपाईँहरूकै नेतृत्वमा राजालाई ‘स्पेस’ दिऔँ, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ : लिङ्देन


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले राजालाई अभिभावकिय संस्थाको रूपमा अघि बढाउन प्रस्ताव राखेका हुन् ।

उनले भने, ‘काँग्रेस, एमाले र माओवादीलाई भन्न चाहन्छु देश र जनताप्रति माया छ भने सुध्रिन चाहनुहुन्छ भने समय बितिगएको छैन । सुध्रनुहोस् । कुनै विद्रोह नगरी सल्लाहबाटै अघि बढौँ । ०६२-६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौताको भरिया बनेर आउनुभयो र त्यही बाटोबाट देशलाई हिँडाउनुभयो । यहाँसम्म आइपुग्दा त्यो बाटो गलत भयो भन्ने तपार्ईंहरुलाई पनि लागेको छ । त्यो बाटोले देशलाई दुर्घटनामा लानेवाला छ ।’

देशलाई दुर्घटनाबाट जोगाउनको लागि नयाँ सम्झौता गरेर राजालाई कुनै न कुनै किसिमको स्पेसको व्यवस्था गर्न आग्रह गरे ।

उनले भने, ‘राजालाई अभिभावकिय संस्थाको रूपमा अगाडि बढाऔँ। नेपाल जस्तो सानो देशलाई यतिधेरै जनप्रतिनिधि भारी हुन्छ । सङ्घीयताले राष्ट्रिय ऋण बढायो। सङ्घीयता कटौती गरौँ ।’ उनले पार्टी अलग अलग भएर चुनाव लडेपनि भ्रष्टाचारको पछिल्ला प्रकरण हेर्दा खाने बेलामा सबैसँगै हुने गरेको आरोप लगाए ।

Tags :
प्रतिक्रिया दिनुहोस