सुन प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राख्न ४ दिन म्याद थप « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सुन प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राख्न ४ दिन म्याद थप


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई हिरासतमा राखेर अनुसन्धानका लागि चार दिन थप भएको छ ।

यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत पुर्‍याएकोमा बुधबार चार दिन थप भएको हो ।

सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस