रवि लामिछाने र पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रवि लामिछाने र पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको छ ।

आज बुधवार पार्टीको कार्यालयमा सभापति लामिछाने र पूर्वकप्तान मल्लबीच भेटवार्ता भएको हो । भेटमा पूर्वकप्तान मल्लले आफ्नो खेल जीवनको अनुभव सुनाउनुका साथै नेपाली क्रिकेटको स्तरोन्नति तथा खेलाडीहरूको मनोवृत्ति लगायतका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा पार्टीका महामन्त्री डा. मुकुल ढकाल र केन्द्रीय सदस्य प्रतिभा रावलको पनि सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस