तीन दलका नेतासँग संसद् सचिवालयले फिर्ता माग्यो सरकारी गाडी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

तीन दलका नेतासँग संसद् सचिवालयले फिर्ता माग्यो सरकारी गाडी


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा तीन दलका नेताहरूले प्रयोग गरिरहेको सरकारी गाडी प्रदेश सभा सचिवालयले फिर्ता मागेपछि मुख्यमन्त्री कमल बहादुर शाहले यस विषयमा छलफल सुरु गरेका छन् ।

प्रदेश सभा सचिवालयले माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र गर्न भन्दै पत्र काटिसकेको छ ।

आज तीन दिन पुग्दै छ । मुख्यमन्त्री शाहले पत्र काटेकै दिन तीन दलका नेता तथा प्रमुख सचेतकलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएर गाडी बारे जानकारी लिएका हुन् ।

शुक्रबार नै सार्वजनिक लेखा समितिले तीन दिन भित्र गाडी फिर्ता मागी जानकारी दिन भन्दै प्रदेश सभा सचिवालयलाई निर्देशन दिएको थियो । प्रदेश सभा सचिवालयले भने मङ्गलवार मात्रै दलका नेतालाई पत्र काटेको हो । सचिवालयले गाडी फिर्ता मागेपछि मुख्यमन्त्री शाहले उपलब्ध मन्त्री तथा सत्तारुढ दलका नेता तथा प्रमुख सचेतकलाई डाकेका थिए ।

त्यहाँ मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, सामाजिक विकास मन्त्री, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री पनि थिए । माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीसँगै तीनै दलका प्रमुख सचेतकहरू पनि उपस्थित बैठकमा अनुसूची संशोधन गरेर भएपनि दलका नेतालाई गाडी दिनुपर्ने छलफल भएको एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस