नयाँ खोल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नयाँ खोल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने


२७ भाद्र २०८०, बुधबार


काठमाडौँ । सरकारले नयाँ खुल्ने विद्यालय अनिवार्य शैक्षिक गुठीमा दर्ता गर्नुपर्ने प्रावधानसहित बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ ।

संविधान जारी भएको ८ वर्षपछि सङ्घीयताअनुसार शिक्षा प्रणाली लागू गर्न संशोधनसहित विधेयक दर्ता गरिएको हो । देश सङ्घीयतामा गएको ८ वर्ष वितिसकेपनि शिक्षा ऐन नआउँदा सङ्घीयतामा शैक्षिक प्रणाली कस्तो हुने भन्ने अन्योल थियो ।

तर अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयको हकमा भने गुठीमा जान वा अहिलेकै अवस्थामा सञ्चालन गर्न सकिने प्रावधानमा राखिएको छ ।

यसअघि साउन १६ गते पेस गरिएको विधेयकमा भने निजी विद्यालय अनिवार्य गुठीमा जानु पर्ने प्रावधान राखिएको थियो । तर निजी विद्यालय सञ्चालकहरूको तीव्र आलोचना, विरोध र दबाब पछि संशोधन गरेर विधेयक दर्ता गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस