स्रोत नखुलेको ३ लाखसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्रोत नखुलेको ३ लाखसहित भारतीय नागरिक पक्राउ


२७ भाद्र २०८०, बुधबार


नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट नेपाली रु तीन लाखसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ । भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) जमुनाह बाँकेले नियन्त्रणमा लिएको थियो ।

भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य रु दुई लाख रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस