गोरखाको रुइला नाकामा पासको व्यवस्था गर्न माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गोरखाको रुइला नाकामा पासको व्यवस्था गर्न माग


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका जनप्रतिनिधि, स्थानीयवासी तथा राजनीतिक दलका नेताले रुइला नाका हुँदै चीन प्रवेशका लागि बोर्डर पासको व्यवस्था मिलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष निमा लामा नेतृत्वको टोलीले गृहमन्त्री श्रेष्ठलाई आज मन्त्रालयमा नै भेटेर तत्काल रुइला नाका हुँदै चीन प्रवेशका लागि स्थानीयवासीलाई बोर्डर पासको व्यवस्था मिलाउन माग गरेका हुन् ।

चीनले आफूहरूलाई नाका प्रवेशमा खुकुलो गरेको भए पनि बोर्डर पास बिना नागरिकताको आधार प्रवेश गर्न नदिने बताएको अध्यक्ष लामाको भनाइ छ । छेकम्पारस्थित रुइला भन्ज्याङ नाका र सामागाउँको रुइला भञ्ज्याङ नाका हुँदै चीन प्रवेश गर्ने नाका कोरोना सङ्क्रमणपछि बन्द भएको थियो ।

त्यस क्षेत्रका बासिन्दालाई चीनको रुइ कोन्दाङ र जुँगा बजारमा दैनिक उपभोग्य सामग्री किनमेल गर्न सजिलो पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस