सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको नाम्सि पुलमा सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयका अनुसार तैनाथ अवस्थामा राखिएको मेशिनद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

यातायात दुईतर्फि सञ्चालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान रहेको कार्यालयका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।

आज बिहान पनि सुख्खा पहिरोको कारण अवरुद्ध भएको करिब २ घण्टापछि बाटो खुलाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस