महानगरद्वारा पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

महानगरद्वारा पुलमुनि फोहोर फाल्ने १९ जनालाई जरिवाना


२६ भाद्र २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ स्थित बालकुमारीमा रहेको आकाशे पुलमुनि रातको समयमा फोहोर फाल्ने १९ जनालाई महानगरले जरिवाना तिराएको छ ।

महानगरपालिकाको नगर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो । जरिवानाबापत उनीहरूबाट ५० हजार ५ सय रुपैयाँ असुलिएको महानगरले जनाएको छ ।

स्थानीयको गुनासोपछि महानगर प्रहरीले सोमबार राति सो क्षेत्रमा छड्के अनुगमन गरेको थियो । सो क्रममा उनीहरूलाई नियन्त्रणपछि जरिवाना तिराएर छाडिएको महानगरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस