कोहली र केएलको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोहली र केएलको शतकमा भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ।

आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो।

भारतका लागि विराट कोहली र केएल राहुलले शतक प्रहार गरे। कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा नटआउट १२२ रन र राहुलले १०६ बलमा १२ चौका र २ छक्काको मद्दतमा १११ रन जोडे।

कोहलीको यो ४७औँ एक दिवसीय शतक हो। कोहली र केएलबीच तेस्रो विकेटका लागि २३३ रनको साझेदारी भएको थियो। 

त्यसअघि श्रीलङ्काको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा २ विकेटको क्षतिमा १४७ रन जोड्दा खेल वर्षाका कारण रोकिदा सोमबारसम्मका लागि स्थगित भएको थियो। 

आइतबार ओपनरद्वय रोहित शर्मा ५६ रन र शुभमन गिल ५८ रन बनाएका थिए। उनीहरुबीच पहिलो विकेटका लागि १२१ रनको साझेदारी भएको थियो।  

सोमबार भारतका लागि कोहली र राहुलले २४.१ ओभरदेखि पूरै ब्याटिङ गर्दा पाकिस्तानले विकेट लिन सकेन।

बलिङमा पाकिस्तानका शाहिन शाह अफ्रिदी र शादब खानले एक एक विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस