अमेरिका जाने टोलीको आकार सानो बनाउन प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अमेरिका जाने टोलीको आकार सानो बनाउन प्रधानमन्त्रीको निर्देशन


२५ भाद्र २०८०, सोमबार


फोहर व्यवस्थापन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका जाने भ्रमण टोलीको आकार सानो बनाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन ‘प्रचण्ड’ २९ भदौमा अमेरिका जाँदैछन् ।

भ्रमणको एजेन्डाबारे परामर्श लिन बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्रीले मुख्य सचिवलाई सो निर्देशन दिएका छन् ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारको भ्रमण रोकिएको छ । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस