एसिया कप : पाकिस्तानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै भारत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एसिया कप : पाकिस्तानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै भारत


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ ।

श्रीलङ्काको कोलम्बोमा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । भारतले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ । सेप्टेम्बर-२ तारिखमा भएको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले ‘सुपर फोर’ को पहिलो खेलमा बङ्गलादेशलाई ७ विकेटले हराएको थियो । भारतले ‘सुपर फोर’ को पहिलो खेल खेल्न लागेको हो ।

आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ । सुपर फोरमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् ।

हिजो भएको खेलमा श्रीलङ्कासँग २१ रनले पराजित बङ्गलादेशको फाइनल पुग्ने सम्भावना सकिएको छ । उसले अब भारतसँग खेल्न बाँकी छ । भारत र बङ्लादेशबीचको खेल शुक्रवार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस