विप्लव’ले भने-समाजवादी मोर्चा जनताको नेतृत्व गर्न स्थापना भएको हो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विप्लव’ले भने-समाजवादी मोर्चा जनताको नेतृत्व गर्न स्थापना भएको हो


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा नेपाली जनताको नेतृत्व गर्न स्थापना भएको बताएका छन् ।

समाजवादी मोर्चाले आइतबार हेटौँडामा गरेको प्रदेशस्तरीय सन्देशसभामा बोल्दै ‘विप्लव’ले जनतामा रहेको अन्योल अन्त्य गर्न मोर्चा निर्माण भएको बताए ।

अहिले नेपाली जनतामा उकुसमुकुस पैदा भएको र नेपाली जनताले लडेर प्राप्त गरेको उपलब्धि फेरि गुम्ने त हैन भन्ने प्रश्न खडा भएको समयमा निर्माण भएको समाजवादी मोर्चाको उद्देश्य महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

समाजवादी मोर्चा कुनै दलालहरूको षड्यन्त्र, सामन्तवादको खेलबाट भङ्ग नहुने बताउँदै ‘विप्लव’ले समाजवादी मोर्चा जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको बताए ।

अहिले सरकारले राम्रो काम गर्न खोज्दा साम्रज्यवादीहरुले घेरा हाल्ने काम भइरहेको भन्दै उनले षड्यन्त्रलाई क्रान्तिद्वारा परास्त गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस