कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : अध्यक्ष नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशीमा दुई विकल्प छन्, कि मिल्ने कि चुनावमा जाने : अध्यक्ष नेपाल


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा पुन: निर्वाचन हुनसक्ने संकेत गरेका छन् ।

शनिबार एकीकृत ट्रेड युनियन महासंघको कार्यक्रममा कि चुनावमा जाने कि मिलेर सरकार बनाउने दुई मात्रै विकल्प रहेको बताएका उनले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको संकेत गरे ।

‘अब विकल्प कि मिलेर जानु ,कि अरूलाई साथ दिनु कि त चुनावमा जानु हो । हामीलाई त फरक पर्नेवाला छैन। किनभने हाम्रो साथीहरूको हिसाब के छ भने, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ।’ उनले भने, ‘अहिले हामीसँग त्यहाँ चार सिट छ, त्यो सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौं भन्ने विश्वासमा छौं। अरु पार्टीहरुको सातो गएको छ । यत्रो ठूलो सङ्ख्या छ । अर्को पटक त २० भन्दा बड्दैन् भनेर डराएका छन् ।’

उनले आफूहरू भ्रष्ट नभएको भन्दै कसैले औला उठाउँदैमा आत्तिन नपर्ने टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस