नेपालको राजनीतिमा नेकपा एसको महत्त्वपूर्ण स्थान छ : अध्यक्ष नेपाल « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपालको राजनीतिमा नेकपा एसको महत्त्वपूर्ण स्थान छ : अध्यक्ष नेपाल


२३ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको महत्त्वपूर्ण भूमिका रहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा एस निकट एकीकृत ट्रेड युनियन महासंघ, नेपालद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनदेखि लिएर राजनीतिक सहमतिका लागि समेत आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहने गरेको जिकिर गरे ।

‘हामी अहिले जुन हौं,देशको राजनीतिको कोर्ष नै चेन्ज गर्दिरँका छौ । ठूलो भनिएको पार्टी सक्तामा थियो हामीले अहिले अलिकता चेन्ज गर्ने बित्तिकै त्यो सरकार ढल्यो। अर्को सरकार बन्नै सक्दैन भनेका थिए हामीले बनाएर देखाइदियौ । यो बनाएर देखाउने कुरामा कसले भूमिका खेल्यो ?’ उनले भने ।

पार्टीको नेताहरूको भूमिका प्रभावकारी भएको तर्क गरे । उनले भने ‘सबैलाई ल्याउने काममा हाम्रो पार्टीले भूमिका खेल्यो । यो त आज पनि सबैले स्वीकार गर्छन् । सुन्नुस् त भाषणमा, उनीहरूले भनेका अभिव्यक्तिहरूमा । एकीकृत समाजवादीका नेताहरू वास्तवमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्,’ नेपालले भने ।

त्यस्तै राजनीति, संगठन र आन्दोलनलाई अगाडि बढाउनै नसक्ने अवस्था आएपछि तत्कालीन नेकपा एमालेमा केपी शर्मा ओलीको प्रवृत्तिसँग जुधेर अर्को पार्टी गठन गर्नु परेको दोहोर्‍याउँदै उनले अहिले पनि आफ्नो पार्टीका लागि एमाले बाधक बन्ने गरेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो पार्टी अगाडि बढ्ने कुरामा सबभन्दा ठूलो समस्या अहिले को भएको छ ? व्यवहारमा हेर्नुहोस् त कसैले भन्लान् कांग्रेस भएको छ, ए कांग्रेस भा छ ? अनि केपी र उसको पार्टी समस्या नभएर त्यसलाई नपन्छाएर त्यो प्रवृत्तिका विरुद्धमा नजुधेर न संगठन अगाडि बढ्छ,न राजनीति हाम्रो अगाडि बढ्छ । संगठन,राजनीति र आन्दोलन अगाडि नबढ्ने यथार्थलाई बिर्सेर अरु कुरा गरेर चल्ने कुराको कुनै अर्थ छैन ।’

६० जनालाई महासंघमा प्रवेश गराएका उनले पार्टीले भूमिका खेले जस्तै जनताको पक्षमा मजदुरको पक्षमा इमान्दार रूपमा काम गर्न सुझाए । त्यस्तै उनले देशको राजनीतिलाई सही दिशामा लैजान सरकारले खोजिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस