बैतडीमा पनि भव्यताका साथ मनाइयो निजामती सेवा दिवस « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बैतडीमा पनि भव्यताका साथ मनाइयो निजामती सेवा दिवस


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । बैतडीमा पनि २० औँ निजामती सेवा दिवस मनाइएको छ । निजामती सेवा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको संयोजकत्वमा गठित मूल समितिले बिहीबार र शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । 

बिहीबार कार्यालयहरूमा सरसफाइ र वृक्षारोपण गर्दै निजामती सेवा दिवसको शुभारम्भ गरिएको थियो ।

दिवसको अवसरमा शुक्रबार बिहान र्‍यालीसमेत निकालिएको थियो । जिल्ला प्रशासन कार्यालय बैतडीमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।

जिल्ला स्थित विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरू सम्मेलित नौ ओटा समूह बनाएर हाजिरी जवाफ प्रतियोगिता गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । 

प्रतियोगितामा महाकाली समूह द्धितिय, ग्वालेक तृतीय र निङ्गालशैनी समूहले चौथो स्थान प्राप्त गरेका छन् ।

प्रथमलाई ५ हजार १ सय नगदसहित प्रमाणपत्र, द्धितियलाई ३ हजार १ सय नगदसहित प्रमाणपत्र, तृतीयलाई २ हजार  १ सय नगदसहित प्रमाणपत्र र चौथो स्थान हासिल गर्ने समूहलाई १ हजार एक सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको प्रजिअ पन्थीले बताए । 

साथै जिल्ला प्रशासनले कार्यालयमा उत्कृष्ट काम गर्ने कम्प्युटर अपरेटर सुरेन्द्र देव भट्टलाई पाँच हजार नगदसहित सम्मानसमेत गरेको सूचना पन्थीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस