स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस