१५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौँ : गगन थापा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

१५ औँ महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउँछौँ : गगन थापा


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५ औँ महाधिवेशनबाट हटाउने उद्घोष गरेको छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ८ लाख सदस्य भएका काँग्रेस अहिले शिथिल बनेको बताए ।

उनले भने, ‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्‍यो भने चाहिँ तपाईँको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरेँ। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ । तपाईँले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजूलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट भाउजूलाई दिन्छ । त्यसैले दाइले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने रु भोलि अर्को दाइले भाउजूलाई देला । कुनै एउटा दाइको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपाटी बदल्नुपर्छ ।’

उनले अहिले काँग्रेसभित्र विभेद र न्याय नभएपछि असन्तुष्टि बढेको गुनासो गरे । उनले अब उम्मेदवार छान्न स्थानीय नेता कार्यकर्ताबाटै छान्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस