सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल जारी : मन्त्री राई « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सिटिइभिटीका रोकिएका परीक्षा सञ्चालन गर्न छलफल जारी : मन्त्री राई


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को विवादका कारण रोकिएका परीक्षाहरू सञ्चालन गर्नका लागि छलफल भइरहेको बताएका हुन्।

परीक्षा गर्ने वातावरण बनाउनका लागि मन्त्रालय, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच छलफल भइरहेको जानकारी दिँदै उनले आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्‍याउने बताए।

सिटिइभिटीको बैठक बसेर स्तरोन्नति हुन चाहेका कलेजहरूको सम्बन्धमा निर्णय गरेर आयोगसमक्ष पठाइने पनि उनले बताए। उनले नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस